Rule 73
अनुमति लिनु पर्ने
: (१) कुनै प्रतिष्ठानले श्रमिकको अनिवार्य अवकाशको उमेर अन्ठाउन्न  वर्षभन्दा कम कायम गर्ने गरी विनियमावलीमा व्यवस्था गर्न चाहेमा सोको आधार र कारण सहित  मन्त्रालयमा निवेदन  दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम कुनै प्रतिष्ठानबाट निवेदन  प्राप्त  भएमा मन्त्रालयले स्वीकृतिको लागि केन्द्रीय श्रम सल्लाहकार परिषदमा पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम मन्त्रालयबाट लेखी आएमा परिषदले श्रमिकको अवकाश उमेर अन्ठाउन्न वर्षभन्दा कम  गर्न प्रतिष्ठानले पेश गरेको आधार, कारण र सो सम्बन्धमा त्यस्तै प्रकृतिका अन्य प्रतिष्ठान वा मुलुकको अभ्यास समेतको आधारमा त्यस्तो प्रतिष्ठानको श्रमिकको सेवा शर्त सम्बन्धी विनियमावली संशोधन गर्न स्वीकृति दिन सक्नेछ।